आफ्नो नाममा नक्कली फेसबुक पेज खोलेको भन्दै अर्थमन्त्री खतिवडा प्रहरीको शरणमा
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रहरीमा उजुरी दिएका छन् । उनले आफ्नो नाममा नक्कली फेसबुक अकाउन्ट खोलेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । मन्त्री खतिवडाका तर्फबाट उनका प्रेस संयोजक यमन पौडेलले प्रहरीको साइबर ब्युरोमा यसको मौखिक जानकारी गराएका हुन् ।
माननीय मन्त्रीज्यूले कुनैपनि फेसबुक र ट्विटर चलाउनुहुन्न, उहाँको तस्बिर राखेर उहाँकै जस्तो देखिने गरी सामाजिक सञ्जाल सञ्चालन भएको जानकारी आएकाले त्यसबारे प्रहरीमा जानकारी गराएका हौँ, पौडेलले भने ।
मन्त्री खतिवडाको नाममा फेसबुक सञ्चालन गरी विभिन्न विवरण पोस्ट गरेको पाइएकाले शुभेच्छुकमा भ्रम पर्न सक्ने भन्दै प्रहरीलाई जानकारी गराइएको उनले बताए ।
अर्थमन्त्रीको नक्कली फेसबुक पेज यस्तो छ