धनुषाका दुई युवामा कोरोनाको आशंका 

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार ००:१४
;

धनुषाका दुई यूवकमा कोरोना भाईरस संक्रमण भएको आशंका गरिएको छ । खजुरी महुवा, नेपालका शिवकुमार र राजन पासवानलाई चेकजांचको क्रममा कोरोना संक्रमणको आशंका गरिएपछि दुबैजनालाई भारत बिहार मधुबनी स्थित सदर अस्पतालमा  राखिएको छ ।

दुबै जना भारतको अहमदावादबाट नेपाल आईरहेका थिए । उनीहरुलाई सदर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रशासन, मधुवनीले जनाएको छ  । 

शिव कुमार र राजन पासवान अहमदाबाद बाट धनुषा आउने क्रममा एकदमै बिरामी भएका थिए । कोरोना पीड़ित भएको लक्षण देखिएपछि उनीहरुको परिवारजनलाई जानकारी गराईएको छ ।

दुबै जनाको स्वास्थ्य परिक्षणको लागि नमुना लिई बिरामीलाई कडा निगरानीमा राखिएको छ । उनीहरुको थप रिपोर्ट आउन अझै १४ दिन लाग्ने उपचारमा संलग्न चिकित्सकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*