मकवानपुरगढीबाट एक्साभेटर र  टिपर वन कार्यालयको नियन्त्रणमा

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार ००:४०
;

मकवानपुरको मकवानपुरगढीबाट डिभिजन वन कार्यालय मकवानपुरले दुईवटा एक्साभेटर र दुईवटा टिपर नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय राप्ती मकवानपुरका प्रमुख इमनाथ पौडेलको नेतृत्वको टोलीले बुधबार राति मकवानपुरगढी गाउँपालिका–५ खैरेनीबाट  दुई वटा एक्साभेटर र ना ८ ख १२१७ र ना ७ ख ८२४१ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।

एक्साभेटरको भने नम्बर खुलाइएको छैन् । पौडेलको नेतृत्वको टोलीले बुधवार राती नै टिपर नियन्त्रणमा लिई वन कार्यालय हेटौंडा ल्याएको थियो भने एक्साभेटर बिहीवार विहान मात्रै ल्याएको हो ।

प्रारम्भिक वातावरणीय परिक्षण अनुमती बिना नै खोलाको अवैध रुपले उत्खनन् गरिरहेको पाईएकाले एक्साभेटर र टिपरलाई नियन्त्रणमा लिइएको बताइएको छ । डिभिजन वनले नियन्त्रणमा लिएको एक्साभेटर र टिपरलाई वन कार्यालय परिसरमा राखेको छ ।

एक्साभेटरमा ‘ब्रेकर’ लगाएर स्थानीय एक युवकले खोला क्षेत्रको चट्टान फोड्दै ढुंगा बिक्री वितरण गर्दै आएको जानकारी अनुसार अनुगमन गर्दा उक्त एक्साभेटर र टिपर उत्खनन् गर्दै गरेको अवस्थामा फेला पेरेकाले नियन्त्रणमा लिइएको पौडेलले बताए ।

डिभिजन वनका अनुसार नियन्त्रणमा लिइएको एक्साभेटर र टिपरले अवैध रुपमा वन क्षेत्रमा उत्खनन् गरेको पाइएको वन मुद्दा लगाइने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*