गठ्ठाघरबाट घुस रकम सहित डिभिजन वन कार्यालय दोलखाकी प्रमुख अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी प्रमुखलाई सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगको टोलीले बिहिबार भक्तपुरको गठ्ठाघरबाट घुस रकम सहित पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेकोले एक सेवाग्राहीसँग घुस लिएको खबर पछि अख्तियारले उनलाई घुस रकम सहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस लिएर दोलखाबाट फरार भएको भन्ने जानकारी आएसंगै अख्तियारले उनलाई निगरानीमा राखेको थियो । भक्तपुरको गठ्ठाघरबाट अख्तियारको टोलीले उनलाई बा १ झ ७६८५ नंम्बरको सरकारी गाडीमा दोलखा बाट काठमाण्डौं आउने क्रममा २ लाख ४ हजार घुस रकमका साथ पक्राउ गरीएको हो ।
बिहीबार साँझ ६ बजेतिर श्रेष्ठलाई गठ्ठाघरबाट गाडी सहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
घुस रकम साथ नियन्त्रणमा लिएर अख्तियारको टोलीले उनको साथमा रहेको सबै सामानको मुचुल्का समेत उठाएको थियो । उनलाई आजै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्ने आयोगले जनाएको छ ।