हेटौंडा उपमहानगरपालिकाको सबै वडामा स्वास्थ्य चौकी स्थापना

हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सबै वडाहरुमा स्वास्थ्य चौकी स्थापना गरि सेवा दिने काम सुरु गरेको छ । उपमहानगरपालिका भित्रका सबै वडाहरुमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ स्वास्थ्य चौकी स्थापना गरी सेवा दिने काम सुरु गरेको हो ।
हेटौंडा–१० मा रहेको हेडम्वा शहरी स्वास्थ्य केन्द्र र हेटौंडा–१९ नेवारपानीको शहरी स्वाथ्य केन्द्रको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले १९ वटै वडाबाट स्वास्थ्य सेवा दिन सुरु गरेको जानकारी दिएका हुन् ।
नगरका नागरिकलाई आफ्नै वडा र स्थानीय स्तरबाटनै स्वास्थ्य सेवा दिने उद्देश्यले काम थालिएको हो, उनले बताए ।
वडास्तरबाट आम नागरिकले पाउने न्युनतम स्वास्थ्य सेवा दिने उद्देश्यले जनप्रतिनिधि आएपछी स्वास्थ्यलाई पहिलो प्राथमिकताकासाथ काम गरिएको मेयर महतले बताए ।
प्रत्येक स्वास्थ्य संस्थामा अहेव, अनमीसहितको सेवा दिइएको छ । हेटौंडाको हटियामा भने डाक्टर र ल्यावसहितको स्वास्थ्य सेवा दिइएको छ ।