हेटौंडाको दुई वडालाई कपडा तथा तयारी पोशाक व्यवसायी संघको ८ सय मास्क

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार ०१:२७
;

बिहिबा‌‌र हेटौँडा उपमहानगरपालिकाको दुई वडामा ८ सय मास्क वितरण गरिएको छ । सोमबारबाट मास्क वितरण अभियान शुरु गरेको कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले मंगलबार र बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा ४ हजार भन्दा बढी मास्क वितरण गरिसकेको छ ।  

संघको टोलीले हेटौंडा–१८, १७, १६ र ६ नम्बर वडाका सर्वसाधारणलाई मास्क वितरण गरेको थियो । 

कपडा तथा तयारी पोशाक व्यावसायी सङ्घ मकवानपुरका सदस्य पवन दुलालका अनुसार आज बिहीबार हेटौँडा ९ र १४ मा ८ सय मास्क वितरण गरीएको छ ।

कार्यक्रममा  हेटौँडा ९ का वडाध्यक्ष लक्ष्मण भण्डारी, हेटौँडा १४ का वडाध्यक्ष दिपक खडका, संघका अध्यक्ष तेजराज अधिकारी, निवर्तमान अध्यक्ष समिरलाल डंगोल, उपाध्यक्ष नेत्रप्रसाद खतिवडा, सदस्यहरु पवन दुलाल, सन्तोष घिमिरे लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*