कोरोनाको त्रासः एसईईमा हेटौंडाको परिक्षा केन्द्रहरुमा स्वाथ्यकर्मीको हेल्थडेस्क

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार १६:२३
;

कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि हेटौंडा उपमहानगरपालिकाले परिक्षा केन्द्रमा स्वास्थ्य सामग्रीसहितको हेल्थडेस्क सञ्चालन गर्ने भएको छ । चैत ६ गतेबाट सुरु हुने एसईई परिक्षालाई केन्द्रीत गरेर स्वास्थ्यकर्मी, मास्क र सेनेटरी प्याड सहितको व्यावस्था गर्न लागिएको हो । 

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका अनुसार परिक्षा केन्द्रमा धेरै जना विद्यार्थीको जमघट हुने भएकाले यसबाट सचेत रहनका लागि प्रत्यक परिक्षा केन्द्रमा मास्क, छात्राहरु को लागि सेनेटरी प्याड र प्रत्यक परिक्षा केन्द्रमा प्राथमिक स्वाथ्य सामाग्री सहितको हेल्थ डेस्क स्थापना गर्नका लागि सबै तयारी गरिएको मेयर महतले बताएका छन् ।

प्रत्येक परिक्षा केन्द्रमा सेनेटराइज वितरणको तयारी भएको छ । हेटौंडाका १४ वटा परिक्षाकेन्द्रबाट करिव ४ हजार विद्यार्थीले एसईइ परिक्षा दिदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*