घरेलु मदिरा सेवन गरेका पाँच जनाको मृत्यु, एक जना गम्भीर घाईते 

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार १६:३०
;

धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको मृत्यु भएको छ ।  अत्याधिक मदिरा सेवनका कारण क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा  ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महराको मृत्यु भएको हो ।

बुधबार ३ जनाको मृत्यु भएको थियो भने हिजो बिहीबार थप २ को पनि मृत्यु भएको हो । सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको  इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 

घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जनाएको छ । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।

मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरी निरीक्षक नायकले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*