भारतको गंगा नदीमा एक नेपालीको शव फेला 

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार १६:४६
;

भारतको गंगा नदिमा एक नेपालीको शव फेला परेको छ ।  दिल्लीको जामिया मिलिया इस्लामिया नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फिल्क्टमा पढिरहेका २५ वर्षे मिलन पौडेलको शव गंगा नदीको किनारामा फेला परेको हो ।

उनको शव उत्तराञ्चलको ऋषिकेशमा फेला परेका हो । पौडेल गत मंगलबार होलीमा ४ जना साथीसँग दिल्लीबाट ऋषिकेश पुगेका थिए र त्यहाँ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको  भारतीय प्रहरीले जनाएको छ ।

पौडेल पानीमा डुबेपछि उनलाई बचाउन अन्य साथीहरू पनि पानीमा हाम फालेका थिए । सो क्रममा जम्मु–कश्मिर घर भएका उनका साथी तुषार कौशिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाइम्स अफ इण्डियामा प्रकाशितर समाचारका अनुसार घटना मंगलबार भए पनि प्रहरीलाई भने बुधबारमात्र खबर गरिएको थियो । त्यसैगरी अन्य दुई विद्यार्थी भूमिका र साहिललाई एकजना जर्मन पर्यटकले जीवितै उद्धार गरिएको थियो । 

जामियाका अध्ययनरतः पौडेलले पछिल्लो समय ३ महिना यता दिल्लीमा भड्किएको धार्मिक दंगामा वृत्तचित्र बनाइरहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*