कोरोना संक्रमितको उपचारका लागि सातै प्रदेशमा आईसीयू र आइसोलेसनसहितको पूर्वाधार निर्माण गर्ने
नेपाल सरकारले सातवटै प्रदेशमा आईसीयू र आईसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने भएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमितको उपचारका लागि सातवटै प्रदेशमा आईसीयू र आईसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको समन्वय समितिको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा ११ वटा रहने गरी आईसीयू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो ।
यसका लागि विस्तृत प्रस्ताव तयार पार्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ भने मन्त्रालयले तयार पारेको प्रस्ताव समितिको अर्को बैठकमा पेस हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
समितिले यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।