नेपालमा मास्क र सेनिटाइजरको माग ह्वात्तै बढ्यो, वार्षिक ३ अर्बको मास्क र सेनिटाइजर भारतबाट आयात
कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा मास्क र सेनिटाइजरको माग ह्वात्तै बढेको छ । विगतदेखि नै प्रयोग गर्दै आएकाले मात्र नभए कहिल्यै ती सामाग्री उपयोग नगर्नेहरुले पनि किन्न र प्रयोग गर्न सुरु गरेका छन् । त्यसले गर्दा नेपालमा मात्रै नभएकर अन्य देशहरुमा पनि यि सामग्रको व्यापार बढ्दे गएको छ ।
नेपालमा वार्षिक अर्बौंको मास्क र सेनिटाइजरको विक्रि वितरण हुँदै आइरहेको थियो । ती समानको कारोबार हरेक वर्ष उल्लेखनीय रुपमा बढ्दै गएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार एक दशक अघि २००९ मा जम्मा ५९ लाखको मास्क र सेनिटाइजरको आयात भएकोमा सन् २०१९ मा २ अर्ब ९८ करोड रुपैयाँको ती सामाग्री आयात भएका छन् । सन् २०१८ २ अर्ब ४६ करोड र सन् २०१७ मा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको ती सामाग्री आयात भएको थियो ।
गत वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालमा सबैभन्दा बढी भारतबाट करिब २८३ करोडको मास्क र सेनिटाइजर आयात भएको छ । बांकी १० करोड बराबरको सेनिटाइजर चीन, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया तथा अमेरिकाबाट आयात भएको थियो ।
कोरोनाको महामारीको कारण ती सामाग्रीको प्रयोग आम सर्वसाधारणले पनि नियमितरुपमा गर्न थालेका छन् । त्यसले गर्दा आयात दोब्बरभन्दा पनि बढी हुने देखिएको छ ।