चीनबाट फर्किएको एक व्यक्तिमा कारोनाको संक्रमण भएको आशंका
चीनबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका गरिएको छ । ज्वरो र छाती दुख्ने समस्या देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।
उक्त व्यक्तिको नमूना लईसकेको अस्पतालका चिकित्सक जगदिश जोशीले जानकारी दिएका छन् । उनलाई काठमाडौं पठाउने तयारी भईरहेको उनले बताए ।
यसअघि तीन जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जोशीले बताए ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने भएकाले देशभरि जुन ठाउँको पनि परीक्षण गर्नुपरे काठमाडौं नै पठाउनुपर्ने हुन्छ ।