आवश्यक्ता भन्दा धेरै ग्यास नराख्न सरकारको आग्रह 

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार २०:०७
;

खाना पकाउने ग्यास आवश्यक्ता भन्दा धेरै ग्यास नराख्न सर्वसाधारणलाई सरकारले आग्रह गरेको छ । बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै  आग्रह गरेको हो ।

 मन्त्रालयकी सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्यात भएकाले माग धान्न समस्या नहुने बताएकी छन् । 

हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ ।

 उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको पनि मन्त्रालयले दाबी गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*