कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ 

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार २०:२०
;

कटुवा पेस्तोलसहित प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मोरङको सुनबर्सी नगरपालिका( ८ बाट बिहीबार राति हर्चनगढीमा रहेको महादेव मण्डलको पसलबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित  तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको अररिया धर्मगञ्ज पञ्यात पलासी थाना डकैता बस्ने २१ वर्षीय अजयकुमार मण्डल, सोही स्थानका १८ वर्षीय आनन्दकुमार मण्डल र २१ वर्षीय राकेशकुमार साह रहेका छन् । 

होटलमा मदिरा सेवन गरेर बसेका अजयले कम्मरको भिरेको अवस्थामा पेस्तोल देखिएपछि प्रहरीमा खबर पुगेको थियो ।

 इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार लगतै पुगेको प्रहरीले मदिराको नसामा रहेका तीनजनालाई नियन्त्रणमा लिएको हो  । पेस्तोलसहित नेपाल प्रवेश गरेका तीनै जना बारे अनुसन्धान सुरु गरिएको दाहालले बताए छन् ।

प्रहरीले उनीहरुको साथबाट १५० सिसीको अनटेष्ट लेखिएको पल्सर मोटरसाइकल पनि बरामद गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*