भ्रुणहत्या गराउन दबाब दिने गाँउपालिकाका अध्यक्षलाई ५५ हजार धरौंटीमा छाड्न आदेश
भ्रुणहत्या गराउन दबाब दिएको आरोप लागेका कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङलाई जिल्ला अदालत पाँचथरका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले ५५ हजार धरौटीमा छाड्न आदेश दिएको छ।
अन्तरजातिय विवाह गरेकी दलित युवतीको पेटमा हुर्किएको भ्रुणहत्या गरेको आरोपमा फरार रहेका गाउँपालिका अध्यक्ष चेम्जोङ ३५ दिन कटाएर बिहीबार अदालतमा उपस्थित भएका हुन्।
यसअघि भ्रूणहत्याको आरोपमा पक्राउ परेका फिदिममा सञ्चालित समर्पित अस्पतालका चिकित्सक विसालचन्द्र सुवेदी, सोही अस्पतालका पब्लिक रिलेसन अफिसर शिशिर आङ्बो र कुम्मायक गाँउपालिकको यासोकमा सञ्चालित यासोक फार्मेसीका खगेन्द्र घिमिरे जनही ८० हजार धरौटीमा छुटेका थिए।