बिक्रीकर्ताबाटै दिनदाहाडै लुटिए घर्ती

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार २१:२६
;

एक व्यक्ति दिनदहाडै लुटिएका छन् । चितवनको खैरहनी नगरपालिका ८ पर्सा बजार क्षेत्रमा गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ लुटिएको हो ।

घर्तीका अनुसार भरतपुरको साइन रेसुंगा विकास बैंकबाट निकालेको रकम लुटिएको हो । जग्गा खरिदको लागि खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भएअनुसार घर्ती र उनका साथमा पदम घर्ती रकम लिएर खैरहनी आएका थिए ।

फोनमा भनेअनुसारको स्थानमा पुग्दा दुईजना व्यक्ति आएर रकम लिएको र लगत्तै भागेको पदम घर्तीले बताएका छन् । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*