दुई लाख घुस रकमसहित जिल्ला अदालतमा कार्यरत कुर्मी पक्राउ

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार २१:४३
;

दुई लाख घुस रकमसहित जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत (करार कर्मचारी) विश्वनाथ कुर्मी (चौधरी) पक्राउ परेका छन् । ठगी मुद्दामा सहजीकरण गरिदिन्छु भन्दै मुद्दाका प्रतिवादी पक्षबाट २ लाख लिदै गर्दा उनी घुससहित पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले चौधरीलाई कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेसबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कुर्मीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*