करणीसम्बन्धी कसुरमा अनेरास्ववियुका नेतालाई ८ वर्ष कैद
करणीसम्बन्धी कसूरमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्वियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले साढे ८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले पिडितलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय सहित फैसला गरेको हो ।
रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले भाईटीकाको अघिल्लो दिन ११ कात्तिकमा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।