रुपन्देहीबाट नापी अधिकृत सहित ५ कर्मचारी घुस लिदा लिदै पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ गरेको छ।
अख्तियारले घुस लिदै गर्दा नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ सहित सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई पक्राउ गरेको हो।
जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसंग घुस लिएको आरोप लगेका उनिहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई बुलटवलले सिद्धार्थ नगरपालिका १३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।