शिक्षिकाको हत्या गरेको आरोपमा रम्तेलका दम्पती पक्राउ
शिक्षिकाको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका वडा नं ९ ज्यामिरेका वर्ष २५ को रविराज रम्तेल र उनको श्रीमती वर्ष २३ की कमला रम्तेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत मंगलवार प्राप्चामा विद्यालय हिडेकी सहिद पेशल आधारभूत विद्यालयकी शिक्षिका हिरादेवी कटवालको हत्या भएको खुलेपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयले उच्च सतर्कताका साथ घटनाको अभियुक्तहरुको खोजीलाई तिब्रता दिएको थियो । जिल्ला अस्पताल रुम्जाटारमा भएको शब पोष्टमार्टम पश्चात अस्पतालले उनको हत्या भएको जनाएको छ ।
उनीहरुलाई पक्राउ गरि शुक्रबार नै जिल्ला अदालत ओखलढुङ्गावाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिएका छन् ।
रम्तेलकी श्रीमती मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा (माईत) बस्दै आएकी थिइन्। श्रीमतीलाई लिन गएका रम्तेल र उनका श्रीमतीबीच कुटा कुट भइरहेको समयमा छुट्याउन जादा शिक्षिका कार्कीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रविराजले कार्कीको हत्या गरेको स्वीकारेका छन्।
गत मंगलवार मोलुङ गाउँपालिका वडा नं. ५ प्राप्चा स्थायी घर भएकी हिरादेवी कटवाल कार्की मृत फेला परेकी थिईन् ।