बाबुराम भट्टराईको प्रश्नः  ‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? 

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार १७:५१
;

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमणबारे अहिले नै उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बरू विद्यालय केही दिन बन्द गर्न पनि उनले सुझाव दिएका छन् । 

शनिबार ट्वीट गर्दै भट्टराईले भारतमा पनि तीव्र रूपमा कोरोनाभाइरस संक्रमण फैलिरहेको र खुला सीमाना भएकोले नेपालमा पनि त्यसले प्रभाव पार्न सक्ने बताएका छन् । 

कोरोनाभाइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीव्र रूपमा फैलिरहेको स्थितिमा हामीले स्कुल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्याईं गरेको हो,’ भट्टराईको प्रश्न छ, ‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? ’

परीक्षा केही पर सार्न उनले सुझाव दिएका हुन्। ‘परीक्षा केही हप्ता पर सार्दा कुन आकास खस्छ ?सत्ताधारी कमरेडहरूको ध्यान जाला? ,’ उनले भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*