टिप्परको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु
भक्तपुरमा टिप्परको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ । चागुँनारायण–९ मा रहेको ब्रम्हायणी इँटा भट्टामा खेल्दै गरेका एक डेढ बर्षे बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिफ्परले ठक्कर दिँदा मृत्यु भएको हो ।
सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका १८ महिनाको छोरा शिशिर मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपक गिरीले जानकारीले जनाएको छ ।
टिप्परको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी पुर्याउने क्रममा मृत्यु भएको प्रहरीको जनाएको छ ।
टिप्पर र भक्तपुर नगरपालिका-९, च्यामसिंह बस्ने ४० वर्षीय चालक श्याम फैजुलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी गिरीले जनाएको छ ।