कैलालीमा दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार १८:२०
;

कैलालीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते छन् ।  दुर्घटनामा परी गोदावरी नगरपालिका–६ का ५३ वर्षीय तुले कोलीको मृत्यु भएको हो । 

शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्‍तर्गत गोदावरी नगरपालिका–३ चौकीडाँडामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ४५२८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको से१ह २११४ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । 

घाइते हुनेमा अटो चालक गोदावरी नगरपालिका–१ विजयनगरका २६ वर्षीय मानबहादुर विक, गोदावरी नगरपालिका–६ कोली कटानका ५० वर्षीय नखरी कोली, २५ वर्षीय अर्जुन कोली, २५ वर्षीय दुर्गा कोली रहेका छन्। घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जनाएको छ ।  बस चालक डडेल्धुराको परशुराम नगरपालिका–५ का २४ वर्षीय दीपकराज भट्टराईलाई प्रहरीले लिईएको प्रहरीले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*