कोरोनाको त्रासः ट्रम्पद्वारा संकटकालको घोषणा
विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड –१९ (कोरोना भाइरस) नियन्त्रण गर्नको लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन्।
सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ। कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो।
गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोपमा भएको छ। शुक्रवार विभिन्न युरोपेली देशमा सङ्क्रमण र मृत्युको दर ह्वात्तै बढेको बताएका छन्। इटलीमा २४ घण्टामा सर्वा्धिक २५० जनाको मृत्यु भयो।
अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ। सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका थिए।