कोरोनाको त्रासः मकवानपुरका १० स्थानमा कोरोना सम्बन्धि हेल्प डेस्कको स्थापना

आज शनिबारबाट मकवानपुरमा विभिन्न स्थानमा हेल्पडेस्कको स्थापना गरिएको छ । विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट जोगिनको लागि जिल्ला प्रहरी मकवानपुर प्रहरीको अग्रसरतामा र स्थानीय निकाय, वडा कार्यालयको समन्वयमा जिल्लाका १० स्थानमा हेल्पडस्क स्थापना गरिएको हो ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरका अनुसार ईलाका प्रहरी कार्यालय पशुपति नगरको समन्व्यमा हेटौंडा–८ र ९ मा,इलाका प्रहरी कार्यालय मनहरीको समन्वयमा मनहरी बजारमा, ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा पालुङ्मा र चित्लाङ ईलाका प्रहरी कार्यालय फापरबारीको समन्वयमा फापरबारी बजारमा , ईलाका प्रहरी कार्यालय ठिङ्गनको समन्वयमा ठिङ्गन बजारमा, ईलाका प्रहरी कार्यालय पदमपोखरीको समन्वयमा पदमपोखरी बजारमा, हेटौंडा– १० बसपार्कको समन्वयमा हेटौंडा –१० को बसपार्कमा र इलाका प्रहरी कार्यालय भिमफेदी बजारमा गरी– १० स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ ।
यता हेटौंडा नगरमा भने वडा प्रहरी कार्यालयको समन्वयमा माइकिङ सहितको प्रचार प्रसार अभियानलाई तिब्रता दिएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।