कोरोनाको प्रभावः किरिया र प्रसुतिबाहेक स्वास्थ्यकर्मीलाई अन्य विदा नदिने

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार १९:४६
;

नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कर्मचारीलाई प्रसुति र किरिया विदाबाहेक अन्य विदा नदिने निणर्य गरेको छ ।

शुक्रबार मन्त्रालयले सचिव स्तरीय निणर्य गर्दै कोरोना भाइरसको सन्दर्भमा नेपालमा पनि सतर्कता अपनाउनुपर्ने भएको हुँदा अर्को आदेश नआउँदासम्म स्वास्थ्यकर्मीको विदा स्वीकृत नगर्ने पत्र जारी गरेको छ।

अति आवश्यक भए वैकल्पिक व्यवस्था गरेरमात्र विदा स्वीकृत गर्ने मन्त्रालयले जनाएको छ। 

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*