मौसम परिवर्तनसँगै डेंगु संक्रमण बढ्दै, बागमती प्रदेशमा ९ जनामा डेङ्गु

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार २१:०८
;

मौसम परिवर्तन भएसँगै नेपालमा डेंगु रोगको लक्षण देखा परेको छ । पुसको दोस्रो हप्तादेखि शुक्रबारसम्ममा ३६ जना डेङ्गुको  बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ र सुनसरीमा २ गरी ६ जना  डेङ्गीको बिरामी फेला परेका हुन् । 

यस्तै बागमती प्रदेश अन्तर्गत नुवाकोटमा १, काठमाण्डौमा ३, ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जनामा डेङ्गीको लक्षण भेटिएको छ । गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेङ्गीकाका बिरामी भेटिएका छन् । 

सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेङ्गीका बिरामी भेटिएको महाशाखाले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*