हेटौंडाको सालकपार्क नजिक टिपर दुर्घटना हुँदा चार जना घाईते 

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार २१:५५
;

हेटौंडा उपमहानगरपालिका–१७ सालकपार्क नजिक टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ स्थित खोटार खानीबाट ढुंगा लिएर शिवम सिमेन्टको उद्योगतर्फ आईरहेको ना ६ ख ७२३१ नम्बरको टिपर शनिबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा परी चालक मकवानपुरगढी वडा नम्बर का लक्ष्मण विक, टिपरमा सवार जनज्योति प्राविका शिक्षिकाद्वय हेटौडा–७ की अनिता पौडेल, मकवानपुरगढी–६ की पार्वती लम्साल र मकवानपुरगढी–२ का गोपाल तिमल्सिना घाइते भएका हुन् । 

प्रहरी चौकी चौघडाका प्रहरी सहायक निरीक्षक डम्बर केसीका अनुसार घाईते भएकाहरु मध्ये ३ जनाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । एकजना भने  सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*