मकवानपुरका १० स्थानमा कोरोना सम्बन्धि हेल्प डेस्कको स्थापना

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार २२:०१
;

मकवानपुरका १० स्थानमा कोरोना भाइरस सम्बन्धि हेल्प डेस्क स्थापना गरीएको छ । जिल्ला प्रहरी मकवानपुर प्रहरीको अग्रसरता तथा स्थानीय निकायको समन्वयमा  जिल्लाका १० स्थानमा शनिबार कोरोना भाईरस सम्बन्धी सेवा तथा परामर्श दिने उद्देश्यका साथ हेल्प डेस्क स्थापना गरिएको हो ।

शनिबारबाट सेवा दिने गरी विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट जोगिनको आवश्यक जानकारी दिन जिल्लाका १० स्थानमा हेल्पडस्क स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सुशिल सिंह राठौरले बताएका छन् ।

प्रहरी उपरिक्षक राठौरका अनुसार ईलाका प्रहरी कार्यालय पशुपतिनगरको समन्वयमा हेटौंडा–८ र ९ मा, इलाका प्रहरी कार्यालय मनहरीको समन्वयमा मनहरी बजारमा, ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा पालुङ्मा र चित्लाङ मा, ईलाका प्रहरी कार्यालय फापरबारीको समन्वयमा फापरबारी बजारमा , ईलाका प्रहरी कार्यालय ठिङ्गनको समन्वयमा ठिङ्गन बजारमा, ईलाका प्रहरी कार्यालय पदमपोखरीको समन्वयमा पदमपोखरी बजारमा, हेटौंडा– १० बसपार्कको समन्वयमा हेटौंडा –१० को बसपार्कमा र  इलाका प्रहरी कार्यालय भिमफेदीको समन्वयमा भिमफेदी बजारमा गरी– १० स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । 

वडा  प्रहरी कार्यालयको समन्वयमा हेटौंडा उपमहानगरपालिका भित्र माइकिङ सहितको प्रचार प्रसार अभियानलाई तिब्रता दिएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*