मकवानपुरका सामुदायिक विद्यालयलाई निजि इंस्टीट्यूटको छात्रवृत्ति
मकवानपुरका सबै सामुदायिक विद्यालयलाई हेटौंडामा सञ्चालित कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआइटी) र नेशनल एलाइन्स अफ मास्टर एजुकेटर (नेम) इन्स्टिच्युटले छात्रवृत्ति दिने भएको छ ।
सिआइटीका सञ्चालक दिनेश रिजालका अनुसार ‘एक विद्यालय एक छात्रवृत्ति’ अभियान अन्तर्गत जिल्लाका सबै विद्यालयमा ३० हजार रुपैंया बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको हो । कक्षा १० मा अध्यनरत् एक विद्यार्थीलाई ३० हजार बराबरको छात्रवृत्ति दिन सुरु गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–१७ मा रहेको बालबोध माध्यमिक विद्यालय र हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयबाट छात्रवृत्ति कार्यक्रम सुरु गरिएको हो ।
बालाबोध विद्यालयका कक्षा १० मा अध्यनरत् छात्रा रुपा श्रेष्ठ र नवज्योति माविकी त्रिविका डिम्डुङ्गलाई छात्रवृत्ति प्रदान गरिएको नेमका सञ्चालक किशोर अर्यालले जनाएको छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा बालबोधका प्रधानाध्यापक रमेश रिजाल, विद्यालय व्यवस्थान समितिका अध्यक्ष कमल बहादुर बिष्ट, नवज्योतिका प्रधानाध्यापक जिधराज ढकाल, विद्यालय व्यवस्थापन अध्यक्ष हेम प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।










