चुनावी प्रचारप्रसारमा ढकाल, व्यवसायीको हितका लागि काम गर्ने प्रतिबद्धता 

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार ००:२४
;

आगामी चैत्र २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेदबार चन्द्रप्रसाद ढकाल चुनावी प्रचारप्रसारका लागि हेटौंडा आईपुगेका छन् ।

आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका ढकालले विभिन्न जिल्लाका संघका भ्रमणलाई तिव्रता दिएका हुन् । देश दौडाहामा निस्किएका ढकाल आज शनिबार हेटौंडाको मकवानपुर उद्योग वाणिज्य संघ आईपुगेका हुन् ।

संघमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले आफू सानो व्यवसायबाट कर्पोरेट व्यवसायसम्म आईपुगेकाले सबै स्तरका व्यवसायीहरुको समस्याहरु बुझेको र महासंघमार्फत व्यवसायीहरुको हक हितका लागि आफूले कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

""

ढकालले हाल नेपाल सरकारले लागु गरेकोे कर प्रणाली, न्युन विजकीकरणको समस्या, व्यवसायीहरुको बैकको ऋणको व्याज लगायतका समस्या रहेको र यस्ता समस्याको समाधानका लागि महासंघ र जिल्लास्तरका व्यवसायीहरुको सम्बन्धको दूरीलाई घटाउने लक्ष्य रहेको बताएका छन् ।

महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान भएकाले रहेको छ ।

उद्योग वाणिज्य महासंघमा एसोसियट तर्फका उपाध्यक्ष रहेका ढकाल आईएमई ग्रुप र ग्लोबल बैंकका अध्यक्ष हुन् ।

महासंघको कार्यसमितिमा ७९जना सदस्यहरुको समिति रहेको छ । बरिष्ठ उपाध्यक्षका लागि अर्का व्यवसायी किशोर प्रधानले पनि उम्मेदवारी दिएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*