असिनापानीले चुटेर १० वर्षीय बालकको मृत्यु 

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार १७:४०
;

असिनापानीले चुटेर १० वर्षीय बालकको मृत्यु भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ रजिया रातामाटाका विकास नेपालीको शनिबार राती परेको असिनाले चुटेर मृत्यु भएको हो । 

शनिबार दिउँसो घरबाट हिँडेका सुस्त मनस्थितिका नेपाली डोहोटेको कुडुले जंगलमा बाटोको कुनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताएका छन् ।  बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*