कोरोना रोकथाम बारे छलफल गर्न सबै मुख्यमन्त्रीलाई काठमाडौं बोलाईयो 

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार १८:४३
;

संघीय सरकारले सात वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाईएको हो ।  

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका अनुसार नोवल कोरोना भाइरसबारे कार्ययोजना बनाउनका लागि आफूहरूलाई काठमाडौं बोलाएको जनाएको छ । उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको बैठक आज मध्यान्ह १ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगती र नयाँ रणनीतिबारे छलफल हुनेछ ।

संघीय सरकारले अहिलेसम्म कसरी काम गरिरहेको छ भन्ने विवरण स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने कार्यक्रम छ ।

विश्वभरी फैलिएको कारोना भाईरसका ३१ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको थियो । भाईरसका कारण ५ हजार ८३९ जनाको ज्यान गइसकेको छ । १५२ देशमा पुगेको कोरोनाको संकेत १ लाख ५६ हजार ७६६ जनामा देखिएको छ ।

विश्वभरी ७४ हजार ९९० जना कोरोना संक्रमित छन् । उनीहरू मध्ये ५ हजार ६५२ गम्भिर विरामी छन् । ७६ हजार विरामी भने निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*