चुनडाँडाका स्थानीयद्वारा सडक अवरुद्ध
हेटौंडा –१७ चुनडाँडाका स्थानीयले सडक अवरुद्ध पारी टिपर सञ्चालनमा रोक लगाएका छन् । आईतबार बिहानै स्थानियहरुले कान्तिलोकपथ अन्र्तगतको हेटौंडा उपमहानगरपालिका–१७ चुनडाँडामा सडक अवरुद्ध गरी टिपर सञ्चालनमा रोक लगाएका हुन् ।
चुनडाँडाका स्थानियले शिवम् सिमेन्ट उद्योगको टिपरले ज्यादती गरेको आरोप लगाउँदै टिपर सञ्चालनमा रोक लगाउनुका साथै लगाउदै सडक अवरुद्ध गरेका हुन् ।
स्थानीय बासिन्दाहरुले सडकमै ढुंगा, मुडा राखेर शिवमको खानी क्षेत्रबाट चुनढुंगा बोकेर आएका टिपरले मानवीय संवेदनशीलतालाई समेत बेवास्ता गरी ज्यादती गरेको आरोप लगाउँदै टिपर सञ्चालनमा रोक लगाएका हुन् । शनिवार दिउँसोमात्रै शिवम् सिमेन्टमा ढुंगा बोक्ने ना ६ ख ७२३१ नम्बरको टिपर चुनडाँडा नजिकै दुर्घटना भएको थियो ।
कान्तिलोकपथबाट शिवम्को उद्योगसम्म जाने सडक कच्ची हुँदा सो सडक भएर गुड्ने सवारीका टायरमा टाँसिएको धुलो र हिलो त्यस क्षेत्रमा दिनभर हिलाम्मे र धुलाम्मे हुने गरेको स्थानीयले बताएका छन्। । त्यस क्षेत्रमा संचालन हुने सवारीका चालकलाई आफ्नो समस्याबारे अवगत गराउँदै बैकल्पिक मार्ग प्रयोग गर्न समेत सुझाव दिँदा पनि वेवास्ता गरेको आरोप लगाएका छन् ।
उनीहरुले कान्तिलोकपथदेखि शिवमसम्म जाने सडक स्तरीकरण र सडकमा हुने धुलो र हिलोको समस्या समाधान गर्नुपर्ने मागसहित बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, लगायत सरोकारवाला निकायमा समेत जानकारी गराएका थिए ।
हिजो शनिबार सालकपार्कमा टिपर दुर्घटनामा हुँदा ४ जना घाइते भएका थिए । यसअघि पनि धेरै पटक सोही क्षेत्रमा शिवममा ढुंगा बोक्ने टिपर दुर्घटना भएको र टिपरहरुको कारण सडकको अवस्था बिग्रिएको भन्दै स्थानियहरुले गुनासो पोृख्दै आएका छन् ।