कोरोनाको प्रभावः एसइई परिक्षा सर्न सक्ने  

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार २०:२४
;

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको अवस्था हेरेर यस वर्षको एसइई परिक्षा केही पर सार्न सकिने बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।

उनले भने–‘एसइई पाँच गते पछाडि सञ्चालन हुने भएकाले छिमेकी देशमा चार गतेसम्मको संक्रमणको अवस्थालाई हेरेर निर्णय गरिन्छ । देशमा संक्रमणको जोखिम देखिए एसइई रोक्न कुनै समस्या हुदैन ।’ केही समय पहिले यस वर्षको एसइई परिक्षा आगामी चैत्र ६ गतेदेखि सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*