प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ

केही समय अगाडी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई थप्पड हान्ने पदम कुँवर पक्राउ परेका छन् ।
प्रहरीको सुरक्षा घेरामा रहेको संघीय संसद भवनमा जवरजस्ती छिरेको आरोपमा प्रहरीले हिजो शनिबार राति कुँवरलाई पक्राउ गरेको हो ।
कुँवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचालय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु गरेको संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीले जनाएको छ ।
नेताहरुले देश बिगारे भन्दै ‘हल्ला गरेपछि’ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दूर्गाराज रेग्मीले जनाएको छ ।
बाग्लुङको राजकुत घर भएका कुँवरले २०६९ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एउटा कार्यक्रममा प्रचण्डमाथि थञप्पड प्रञहार गरेका थिए ।