४ गते सार्वजनिक विदा 

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार २१:१४
;

आगामी चैत ४ गते सार्वजनिक विदा दिइएको छ । कैलाली र कञ्चनपुरमा उक्त दिन राना थारु समुदायको ‘खखडेहरा’ पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सूचना जारी गर्दै कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदा दिने जनाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*