सबै जिल्लाका सिडिओ र स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन 

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार २१:४५
;

सबै जिल्लाका सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न सरकारले निर्देशन दिएको छ ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुबारे राष्ट्रिय सभा बैठकलाई जानकारी दिदै यस्तो बताएका हुन् । 

राष्ट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको तयारीबारे जानकारी गराउँदै पहिलो उद्देश्य नेपालभित्र कोरोना प्रवेश गर्न नदिने नै सरकारको उद्देश्यले भएकोउनले बताए  । 
स्वास्थ्यमन्त्री ढकालले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटिसकेको बताएका छन् ।  

‘सबै जिल्लाका सिडिओ र स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएका छौ’, मन्त्री ढकालले भने, ‘अस्पतालमा काम गर्ने म्यानपावर र व्यक्तिहरु जोखिमबाट मुक्त गर्नेगरी काम गर्न पहल गर्नेछौ ।’
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*