प्रचण्ड र सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेटबारे बाबुरामको आपत्तिः जो अगुवा उही…..!

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार २१:५९
;

सातै प्रदेशका मुख्यमन्त्रीहरूले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्रीहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याहरूबारे जानकारी गराएको सचिवालयले जनाएको छ ।
प्रचण्डको सचिवालय अनुसार जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरूका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएका छन् । 

प्रचण्ड र सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेटबारे पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।

भट्टराईले ट्वीट गर्दै आपत्ति जनाएका हुन्। ‘प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन् राज्यका प्रतिनिधि हुन्,’ बाबुरामले लेखेका छन्, ‘ उनीहरूले राज्य र सरकार प्रमुखलाई भेट्ने हो।

पार्टी प्रमुखलाई भेट्ने हैन।’ बाबुरामले निजी भेटघाट गर्नसक्ने तर, सामूहिक रूपमा गएर भेट्न नहुने बताएका छन्। उनले थप लेखेका छन्, ‘कुनै एकको निजी भेटघाट हुनसक्छ सातै जनाको एकैसाथ निजी भेट हुनै सक्दैन!  पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन. जो अगुवा उही..होस्।’

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*