सिडियो भट्टको तिन महिनामै सरुवा, मकवानपुरमा दीपकराज नेपाल आउने 

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार २२:५६
;

मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा दीपकराज नेपाल आउने भएका छन् । मकवानपुरमा सिडियोको रुपमा नेपाल आउदै छन् भने हाल मकवानपुरमा कार्यभार सम्हाल्दै आएका नारायण प्रसाद भट्टलाई गृह मन्त्रालय सिंहदरवारमा तानेको छ ।

मकवानपुरका सिडियो भट्टको तीन महिनामा नै सरुवा भएको हो । भट्ट गत मंसिर १७ गते मात्र मकवानपुरमा सिडियोका रुपमा आएका थिए । मकवानपुर आउनु अघि भट्ट जिल्ला प्रशासन कार्यालय मकवानपुरका सिडियो थिए । 

गृह मन्त्रालयले आइतबार सुचना प्रकाशन गर्दै गृह मन्त्रालयले मकवानपुर सहित १२ जिल्लाका सिडियोको सरुवा गरेको हो । गृह मन्त्रालयको गत फागुन ३० को मान्त्रीस्तरीय बैठकको निर्णयानुसार सिडियोहरुको सरुवा गरेको हो । 

मन्त्रालयले प्रकाशन गरेको सुचना अनुसार मकवानपुरमा नेपाल आउने भएका छन् भने कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे र उदयपुरमा दीपककुमार पहाडी पुगेका छन् ।

""

पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ । रुद्रप्रसाद पण्डितलाई कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारा र भरतकुमार शर्मालाई गुल्मी पठाईएको छ ।

गृहले अध्यागन विभाग र कारागार व्यवस्थापन विभागको प्रमुखको पनि सरुवा गरेको छ । गृहले धनुषाका सिडियो प्रदिपराज कडेंललाई कारागार व्यवस्थापन विभागमा  र कास्कीका सिडियो रमेशकुमार केसीलाई अध्यागमनको जिम्मा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*