अनौंठो किसिमको सवारी दुर्घटना, जब गुडिरहेको गाडीको टायर खुलेर २०० मिटर टाढा पुग्यो !

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार २३:२५
;

आज आईतबार अनौंठो किसिमको सिरहामा गुड्दै गरेको एक सरकारी कार्यलायको गाडीको टायर खुलेर २०० मिटर टाढासम्म पुगेको हो ।

गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजीव झाका अनुसार जिल्ला समन्वय समिति सिरहाको स १ झ ९१ नम्बरको जिप गुडिरहेकै बेलामा सदरमुकाम नजिकै टायर एक्कासी खुल्यो । 

झा उक्त गाडीमा आफ्नो घर राजविराजबाट सिरहातर्फ आइरहेका थिए । ‘सिरहा सदरमुकाम पुग्न झण्डै २ किलोमिटर बाँकी रहँदा एक्कासी अगाडिको दाहिने साइडको टायर खुल्यो,’ झाले भने, ‘उक्त टायर खुलेर २ सय मिटर टाढा खेतमा पुग्यो ।’

उनले गाडीको टायर एक्कासी खुलेपछि झण्डै ५० मिटर गाडी घस्रिएको उनले ।
उनले गाडी चालक गौतम आले मगरको सुझबुझका कारण कुनै ठूलो दुर्घटना नभएको र आफूहरु सकुशल रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*