वडा अध्यक्षसहितको टोलीद्वारा ईट्टा उद्योगमा आक्रमण, ८ जना घाईते 

हेटौडा न्युज
२ चैत्र २०७६, आईतवार २३:४९
;

रौतहटको एक इट्टा उद्योगमा आक्रमण भएको छ । गरुडा नगरपालिका वडा नम्बर ६ दुधियाभार चौकमा दाईभाई ईट्टा उद्योगमा वडा अध्यक्ष सहितको समूहले आक्रमण गरेको हो ।  अध्यक्ष सहितको समूहले आक्रमण लाखैँको क्षति भएको छ भने ८ जना घाइते भएका छन् ।

 इट्टा उद्योग संचालक रामबाबु चौधरीका अनुसार वडा अध्यक्ष अशोक यादवको अगुवाईमा सयौंको संख्यामा गएका मानिसहरुले आज सो इटा उद्योगमा आक्रमण गरे । 

बाँस, लाठी, घरेलु हातहतियार सहित गएका मानिसहरुले आफ्नो इट्टा उद्योगमा आक्रमण गरेका संचालक रामबाबू चौधरीले बताएका छन् । संचालक चौधरीले वडा अध्यक्ष यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेको बारे आफूले अख्तियारमा मुद्दा गरेको कारण सोही रिसिवीमा यो घटना घटाएको बताउँदै दोषी उपर कडा कारवाहीको माग गरेका छन् । 

उहाँले आक्रमणबाट ७० लाख भन्दा बढीको क्षति भएको दावी गरेका छन् । आक्रमणमा परी चौधरीका भाई मुखेश कुमार चौधरी सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ । कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौ पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए । 

आक्रमणकारीहरुले इट्टा भट्टामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।

घटना लगत्तै घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रबिराज खड्काले शनिबार साझ गरुडा नगरपालिका पोटियाहीमा वडा अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी इट्टा भट्टा संचालक रामबाबु चौधरीको समूह बिच भनाभन हुदा ढुङा मुढा समेत भएको र सो को रिसिवी फेर्न आजको आक्रमण भएको हुनसक्ने बताए । 

प्रहरीको सक्रियताले गएराती कुनै घटना हुन नसकेको भएपनी आइतबार वडा अध्यक्ष अशोक यादव सहितको समुहले आक्रमण गरेका थिए । प्रहरी उपरीक्षक खड्काले हालसम्म कसै विरूद्व उजुरी नपरेको र प्रहरीले अनुसन्धान सुरू गरेको बताउँदै थप घटना हुन नदिन आफुहरू सजक रहेको बताए ।

अहिले घटना स्थल वडा अध्यक्षको गाउँ अमरपट्टी र पोटीयाही गाउँमा घटना नदोहरियोस भने उद्देशयले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थित रहेको छ ।

यस सन्दर्भमा वडा अध्यक्ष अशोक यादवसँग प्रतिक्रिया लिदाँ उहाँले यस घटनामा आफ्नो कुनै संग्लगनता रहेको दावी गर्दै चौधरीले चुनावमा आफुसँग पराजित भएको रिस फेर्न आफुलाई फसाउन लागेको आरोप लगाएका छन् ।

उहाँले आफुले जनप्रतिनिधिको हिसाबले सबैलाई मिलाएर लगेकाले यस्ता झैझगडामा आफू नलागेको दावी गरे । उहाँले उल्टै चौधरी समुहले आफुलाई आक्रमण गरेको र प्रहरीले पनि उल्टै उनीहरूको पक्षमा लागेको आरोप लगाए । स्रोतः न्यूज २४
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*