पत्रकारहरुले आन्दोलन गर्नुपर्ने अवस्था आउदैँनः सभामुख श्रेष्ठ 

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार ००:१८
;

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले पत्रकारहरुले फेरी आन्दोलन गर्नुपर्ने अवस्थामा आउँन दिन नहुने बताएका छन् । आज नेपाल पत्रकार महासंघ मकवानपुर साखाको आयोजनामा भएको ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार ऐन’ विषयक अन्र्त्क्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अहिलेको अवस्था डिजीटल भएकाले यस अनुसार सबै लाग्नुपर्ने बताएका छन् । प्रेस स्वतन्त्रतालाई प्रतिकुल हुने खालको कुनै पनि ऐन, नियम बागमती प्रदेश सरकारले नल्याउने स्पष्ट पारेका छन् । उनले भने  ‘पत्रकारहरुलाई फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन,’ । 

 उनले बागमती प्रदेश सरकारले पत्रकारहरुलाई आन्दोलन गर्नुपर्ने अवस्थामा आउन नदिन गम्भिर भएको बताएका छन् ।  ‘हामी यतिका वर्ष संघर्ष गरेर राज्यव्यवस्था परिवर्तन गर्दै याहाँसम्म आइपुगेको छौं । परिवर्तनका लागि अब फेरि पत्रकारहरुले संघर्ष गरिराख्नु पर्दैन । संघर्ष गर्नुपर्ने अवस्था आउन हामी दिँदैनौ ।–’ साभामुख श्रेष्ठले भन्नु भयो, ‘हिजो हामी प्रेसलाई अंकुश लगाउन हुँदैन भनेर आन्दोलन गर्यौ । अब हामी नै त्यस्तो हुन दिँदैनौं ।’

 देशमा सुशासन कायम गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए । केन्द्रदेखि स्थानीयतहसम्मै कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको बताउँदै प्रदेशले निर्माण गरेका कानुन राम्रो भएको भन्दै केन्द्रीय सरकारकै कानुन संशोधन गर्नुपर्ने माग उठ्ने गरेको सभामुख श्रेष्ठले बताएका छन् ।  

महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईको सभाध्यक्षतामा भएका कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघ बगमती प्रदेश अध्यक्ष प्रताप विष्ट, महासंघ प्रदेश सल्लाहकार गिरिजा अधिकारी, महासंघ केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सिर्जना अर्याल, द्वारिका  काफ्लेलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*