काभ्रेमा दुर्घटना २२ जना घाईते, ४ को अवस्था गम्भीर 

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार ०१:२४
;

काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका वडा नम्बर–७ कुन्ताबेशीमा टिपर दुर्घटना हुँदा २२ जना यात्रु घाईते भएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको देउराली तर्फ जाँदै गरेको   बा ५  ख ५७७४ नम्बरको  मिनि टिपरलाइ बा २ ख २१८२ न को टिपरले ठक्कर दिदा मिनि टिपर सडकबाट तल खसेर दुर्घटना भएको जनाईएको छ ।

दुर्घटनामा सवार २२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रवी पौडेलले जानकारी दिएका छन्  । मन्डन देउपुरको चैनपुरमा दही चिउरा खुवाएर फर्कदै गर्दा टिपर र मिनिटिपर ठोकिदा मिनिटिपर खोल्सामा खसेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*