मदिरा सेवनबाट मृत्यु भएकाको परिवारलाई ३ लाख रुपैयाँको दरले राहत
प्रदेश २ सरकारले घरेलु मदिरा सेवनबाट मृत्यु भएकाको परिवारलाई ३ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयामा मृतकका परिवारलाई भेटेर जनही ३ लाख रुपैयाँको दरले राहत रकम उपलब्ध गराउने घोषण गरेका हुन् ।
रमदैया गाउँमा विशाक्त मदिरा सेवनबाट एक दर्जन बढीको मृत्यु भइसकेको छ । खुला विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने भन्दै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताएका छन् ।
धनुषाको रमदैया र जनकपुधाममा खुला रक्सीका कारण झण्डै दुई दर्जन व्यक्तिको ज्यान गइसकेको छ । प्रशासनले भने नौ जनाको मात्रै रक्सीका कारण मृत्यु भएको र अरुको अन्य रोगका कारण मृत्यु भएको जनाएको छ ।