राक्सिराङमा मिनी  ट्रक पल्टियो, एक जनाको मृत्यु

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार १८:०२
;

मकवानपुरको राक्सिराङ गाउँपालिकामा मिनी ट्रक पल्टिदाँ एक जनाको मृत्यु भएको छ ।राक्सिराङ–६  शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेको मिनि ट्रक पल्टिदाँ सोही स्थानका सुमन थिङ को मृत्यु भएको हो । 

वडा अध्यक्ष सिंगलालाल प्रजाले दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।  दुर्घटना भएको र एकजनाको मृत्यु भएको खबर आएको बताउँदै घटनास्थलतर्फ जाँदै गरेको उनले बताएका छन् ।

प्रहरीले पनि दुर्घटनामा एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ । मनहरीबाट प्रहरी पनि घटनास्थलतर्फ जाँदैगरेको जनाईएको छ । थप विवरण आउँन बाकी छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*