कोरोनाको त्रासः जनकपुरदेखि पटनासम्म चल्ने गाडी आजदेखि बन्द

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार १८:५०
;

प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ । विश्वभर कोरोनाभाइरसको त्रास बढीरहेको बेला यसको नियन्त्रणका लागि जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा आजदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जनाएको छ । 

दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गर्नुभएको थियो । 

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*