दाँतको उपचार गराउने बिरामीको मृत्यु, आफन्तद्वारा युनिभर्सल मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार १९:५५
;

रुपन्देहीमा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भएको छ । दाँत दुखेर उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।

उपचारका क्रममा नवलपरासी बर्दघाटका ५० वर्षीय यमकुमारी बुढामगरको सोमबार बिहान ८ः१० बजे मृत्यु भयो । टाउकोमा रगत जमेका कारण उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो । तर, आइसियुमै उनको निधन भएपछि सोही कक्षका चिकित्सकमाथि मृतकका आफन्तले कुटपिट गरेका हुन् ।

मृतकका आफन्तले अस्पतालको लापरबाही कारण यमकुमारीको मृत्यु भएको आरोप लगाएका छन् । मृतक आक्रोशित आफन्तको कुटाइबाट घाइते चिकित्सक घाइते भएका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*