ग्यास वितरणमा सरकारलाई सहयोग नगरे सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने मन्त्री भट्टको चेतावनी

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार २१:३३
;

संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चेतावनी दिएका छन् ।

सोमबार मन्त्रालयमा नेपाल निगमका अधिकारी र ग्यास उद्योगीलाई बोलाएर ग्यास वितरणमा सरकारलाई सहयोग नगरे सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् ।

व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै तत्काल बजारमा ग्यास उपलब्ध नगराइए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउनेसमेत मन्त्री भट्टले चेतावनी दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*