मोटरसाईकलले ठक्करदिँदा हेटौंडाकी ६ वर्षीय बालिका गम्भीर घाईते

हेटौंडा उपमहानगरपालिका–३ लेवटमा मोटरसाइकलले ठक्कर दिँदा ६ बर्षीय बालिका गम्भीर घाइते भएकी छिन् ।ना ३१ प ६०५७ नम्बरको मोटरसाइकलकको ठक्करबाट लेवट बस्ने ६ बर्षीय प्रनिसा न्यौपाने गम्भीर घाइते भएकी हुन् ।
मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको मोटरसाईकलले ठक्कर दिँदा बालिका गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीका अनुसार घाइते बालिकाको चुरेहिल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेकोले हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ ।
ठक्कर दिने दिने मोटरसाइकल र चालक नियन्त्रणमा लिईएको प्रहरीले जनाइएको छ ।